चितवन । चितवन जिल्लाको भरतपुरस्थित भाटभटेनी सुपर स्टोर आगामी चैत्र गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
उक्त स्टोर सोही दिनदेखि दैनिक रूपमा बिहान १० बजेबाट नियमित सेवा प्रदान गर्ने जनाइएको छ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको व्यवस्थापनले जनाएको छ।
यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत साथ रहने अपेक्षा गरिएको छ।










प्रतिक्रिया