काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ आज चैत २६ गते –बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता शेयर गरी कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा भोलि शुक्रबार (चैत २७ गते) स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ ।












प्रतिक्रिया