काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले एनआइबिएल सहभागिता फण्डका इकाईहरू लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि योजनाको आकार वृद्धि गरिएसँगै रोकिएको इकाई वितरण पुनः सुरु गरी लगानीकर्ताको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।
लगानीकर्ताहरूले आफ्नो मेरो सेयरमार्फत इकाई जम्मा भएको पुष्टि गर्न सक्नेछन्। इकाई जम्मा गर्न ढिलाइ भएकोमा कम्पनीले क्षमायाचना समेत गरेको छ।












प्रतिक्रिया