काठमाडौँ । एलजी इलेकट्रोनिक्स (एलजी) ले कोरियाको बुसानमा अप्रिल ७ देखि १० सम्म आयोजित ‘एलजी इनोफेस्ट २०२६ एपेक’ मा एसिया–प्यासिफिक बजारका लागि आफ्नो नवप्रवर्तन र वृद्धि रणनीति प्रस्तुत गरेको छ । यस कार्यक्रममा एसियाली उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै तयार पारिएका क्षेत्र–विशेष ‘लन्ड्री’, ‘किचेन’र ‘बिल्ट–इन’ उत्पादनहरूका साथै कम्पनीको ’एआई होम भिजन’ प्रदर्शन गरिएको छ ।
‘इनोभेसन, फरवार्ड टुगेदर’ नाराका साथ आयोजना गरिएको यो कार्यक्रम एलजीको २०२६ इनोफेस्ट शृङ्खलाको भव्य समापन हो । यसमा एसिया–प्यासिफिक क्षेत्रका करिब २० देशका २०० भन्दा बढी प्रमुख साझेदार र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ । यस कार्यक्रमले क्षेत्रीय साझेदारहरूसँगको सहकार्यलाई बलियो बनाउँदै एसियामा एलजीको निरन्तर वृद्धिलाई समर्थन गर्ने तथा ‘एआई’ द्वारा सञ्चालित सोलुसनहरूसहित ‘होम इनोभेसन’ को दीर्घकालीन दिशा तय गर्ने कम्पनीले जनाएको छ ।
प्रदर्शनीले ‘के–टेक’ नवप्रवर्तनको प्रयोग गर्दै एसियाली बजारका लागि व्यावहारिक र स्थानीय रूपमा सान्दर्भिक ‘होम सोलुसन’ कसरी प्रदान गर्छ भन्ने कुरा प्रस्तुत गरेको छ ।
‘क्लदिङ केयर सोलुसन’ को नयाँ पुस्ता
एलजीले एसियाली घरहरूका लागि तयार पारिएको नयाँ २५ इन्चको ‘वासटावर’ सहित आफ्नो लन्ड्री पोर्टफोलियो विस्तार गरेको छ ।
नयाँ ‘टप–लोड वासर’ मोडेलहरूमा ‘आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ’ प्रविधि जडान गरिएको छ, जसले कपडाको प्रकार र फोहोरको स्तरको आधारमा ’वास मोसन’ लाई अप्टिमाइज गर्छ । यसमा रहेको ’टर्बोवास थ्रीडी’ प्रविधिले ३० मिनेटभन्दा कम समयमा पूर्ण साइकल पूरा गर्छ ।
यसमा जडित स्वचालित डिस्पेन्सरले प्रत्येक लोडका लागि डिटर्जेन्ट मापन गरी हाल्ने काम गर्छ, जसले बारम्बार रिफिल गर्नुपर्ने झन्झटलाई कम गर्छ ।
नयाँ ‘एलजी वासकम्बो’ ले ’इन्भर्टर हिटपम्प’ प्रविधिमार्फत स्थिर र प्रभावकारी ड्राइङ प्रदान गर्दै ’अल–इन–वान’मोडेलको रूपमा एलजीको सोलुसनलाई थप बलियो बनाएको छ ।
एलजीले व्यावसायिक लन्ड्री सोलुसन पनि प्रस्तुत गरेको छ र छिट्टै नयाँ कमर्सियल वासर–ड्रायर ’हिटपम्प कम्बो’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रत्येक जीवनशैलीका लागि ‘स्मार्ट किचेन सोलुसन’
एलजीले एसियाभरिका विविध जीवनशैली र आवास स्थितिलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएका नयाँ रेफ्रिजरेटर सोलुसनहरू सार्वजनिक गरेको छ ।
नयाँ ’फिट एन्ड म्याक्स’ डिजाइनमा ‘जिरो क्लियरेन्स हिन्ज’ रहेको छ, जसले कम्प्याक्ट भान्साहरूमा भण्डारण क्षमता बढाउँछ । साथै, कम्पनीको उन्नत ‘आइस सोलुसन’ले ‘क्राफ्ट आइस’, ’क्रस्ड’, ’क्युब्ड’ र ’मिनी क्राफ्ट’ गरी चार वटा विकल्प प्रदान गर्दछ ।
‘इमर्सिभ’ प्रदर्शनी अनुभव र ’एआई होम’
प्रदर्शनीमा तीन वटा छुट्टाछुट्टै जोनहरू निर्माण गरिएका छन्, जसको डिजाइन क्षेत्रभरि लोकप्रिय रहेका ’कोरियन ड्रामा’ बाट प्रेरित छ । यी जोनहरूमा ’थिङ्क अन’ नामक ’एआई होम हब’ द्वारा सञ्चालित एलजीका ’एआई–इनेबल्ड’ उपकरणहरू र ’आईओटी’ डिभाइसहरू प्रस्तुत गरिएका छन्, जसले एकीकृत होम अनुभव प्रदान गर्छन्। ’थिङ्क अन’ लाई अस्ट्रेलिया र थाइल्याण्डबाट सुरु गरी एसियाभर चरणबद्ध रूपमा भित्र्याइने योजना छ ।












प्रतिक्रिया