काठमाडौँ । २०८२ सालको अन्तिम कारोबार दिन सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले र चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७२२.७९ अमेरिकी डलर र चाँदी ७४.४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया