काठमाडौँ । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु समूहमार्फत विशेष कार्यक्रम आयोजना गर्दै नयाँ एफजेड नयाँ पुस्ता मोटरसाइकल सार्वजनिक गरेको छ।
कार्यक्रममा अध्यक्ष विष्णुकुमार अग्रवाल र ब्रान्ड दूत अनुप विक्रम शाहीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। “अर्को चरणको नेतृत्व” भन्ने अवधारणासहित सार्वजनिक गरिएको यस मोडलमा सुधारिएको प्रविधि, आकर्षक डिजाइन र सुरक्षित यात्राका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ एफजेड मोटरसाइकल दैनिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस र आधुनिक सुविधा युक्त रहेको छ। कार्यक्रममा पुराना मोटरसाइकल साटासाट, सजिलो किस्ताबन्दी सुविधा र नगद फिर्ता जस्ता आकर्षक व्यवस्था पनि गरिएको थियो।
यामाहाले यस कार्यक्रममार्फत ग्राहकसँग नजिकिँदै नवीनता र गुणस्तरप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ।












प्रतिक्रिया