काठमाडौँ। कोरियन एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा नयाँ ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास गरेको छ । सोमबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) होङ सङ–बु ले संयुक्त रूपमा उद्योगको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर सापकोटाले आफ्नो नगरपालिका क्षेत्रभित्र नयाँ उद्योग खोल्दा स्थानीय तहको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै निर्माण सामग्री उत्पादनले आत्मनिर्भरता बढ्ने पनि सापकोटाले बताए ।
‘नगरपालिका क्षेत्रभित्र उद्योग स्थापनामा गर्न चाहने लगानीकर्तालाई के–के सहयोग आवश्यक पर्छ, त्यसमा सहजीकरण स्थानीय तहले गर्छ, तर, रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई हुनुपर्छ, प्रत्यक्ष विदेशी लगानी रहेको एसवाईले एक चरणको सफलता पार गरिसकेको छ, आगामी दिनमा अझ सशक्त भएर ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास छ,’ उनले भने ।












प्रतिक्रिया