सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट आएको छ । बिहीबार नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ अंकमा पुगेको हो ।

बिहीबार कारोबारमा आएका ३४२ कम्पनीका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयरहरू १ लाख ११ हजार ६०७ पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ अंकमा पुग्दा कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।

बिहीबार सबै उपसुचक राताम्मे भएका छन् । उत्पादन तथा प्रशोधन समूह १८०.४० अंकले घटेको बजारमा निर्जीवन बीमा समूह १४५.५८ अंकले, जीवन बीमा समूह ११७.०२ अंकले, विकास बैंक समूह ७०.०७ अंकले, जलविद्युत समूह ६२.३९ अंकले, वित्त समूह ४९.९० अंकले, होटल तथा पर्यटन समूह ४१.३५ अंकले घटेको छ । त्यस्तै अन्य समूह ४०.२९ अंकले, व्यापार समूह ३९.२३ अंकले, लघुवित्त समूह ३५.६१ अंकले, वाणिज्य बैंक समूह १२ अंकले घट्दा लगानी समूह १.३७ अंकले घटेको छ ।

बिहीबारको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स, सुर्यकुण्ड हाइड्रो, होटेल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । भुगोल इनर्जीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको बजारमा भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य ७.३९ प्रतिशतले, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.६५ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.५० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा रिलाइन्स स्पिनिङ मिल्स ६१ करोड ८० लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा नेशनल हाइड्रोपावर १७ लाख ३२ हजार ३१७ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा सोलु हाइड्रपावर १२ हजार ९०० पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।