वार्षिक २० करोडमाथि कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने


काठमाडौँ । आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीहरूका लागि विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्न अनिवार्य गरेको छ । आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई यो व्यवस्था लागू हुँदै आएको थियो ।

विभागले जारी गरेको नयाँ सूचनाअनुसार कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंक र वित्तीय संस्था जस्ता निकायहरूबाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने छ ।

विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनी अनिवार्य रुपमा केन्द्रीय बीजक अनुगमन प्रणाली (सीबीएमएस)मा आबद्ध हुनुपर्ने छ ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।