विचौलिया भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता, अन्यलाई पनि कारबाही सिफारिस


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ बाहिरिएको छ ।

विचौलिया भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकालिएको यस प्रतिवेदनमा भट्टलाई मुख्य दोषि ठहर गर्दै कारबाही सिफारिस गरिएको छ।

रुपेश केसीको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको सुपरीवेक्षण प्रतिवेदनले मुख्य दोषी भट्टसहित अन्य केही व्यक्तिहरूलाई समेत कारबाही गर्न सिफारिस गरेको छ।

भट्टसहित व्यवसायीहरू सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई आरोपित ठहर गरिएको छ। समितिले उनीहरूले धितोपत्र कारोबारमा कसुर गरेको ठहर गर्दै आवश्यक कारबाही अघि बढाउन सुझाव दिएको हो।

सार्वजनिक प्रतिवेदनमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (टिएमएस) एउटै व्यक्तिले चलाउने गरेको भेटिएको उल्लेख गरिएको छ ।

यसअनुसार भट्ट, अग्रवाल, भृकुटी स्टकका साथमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली एउटै व्यक्तिले चलाउने गरेको पाइएको हो ।

बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्ता फसाउने काम भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।