धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि उपाध्यक्ष भट्टको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन


काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
यसअघि धितापत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए ।

यस्ता छन् मन्त्रीपरिषदका निर्णयहरू
–नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।

–नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।

–प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति र मनोनयन गर्ने ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।