६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी मेरिडिया ‘एआई स्मार्ट एयर फ्रायर’


काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले प्रिमियम श्रेणी ‘सीजी मेरिडिया’ अन्तर्गत बजारमा ल्याएको नेपालकै पहिलो एआई सञ्चालित स्मार्ट एयर फ्रायरले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।

विशेष गरी अहिलेको ओसिलो र झरीको मौसममा तात्तातो र स्वास्थ्यवर्धक खाजा तयार पार्नका लागि यो सामग्री निकै उपयोगी सावित भएको कम्पनीले जनाएको छ । सीजी मेरिडियाको यस एआई एयर फ्रायरलाई उपभोक्ताहरूले अत्याधिक रुचाएका छन् ।

यसमा आर्टिफिसियल इन्टेलिजेन्स र आन्तरिक क्यामेरा जडान गरिएको छ । यसले खानाको प्रकार र तौल आफैं चिनेर उपयुक्त तापक्रम र समय निर्धारण गर्छ, जसले गर्दा प्रयोगकर्ताको समय बचत हुन्छ ।

उपभोक्ताले घरको अन्य काममा व्यस्त रहँदा वा अर्को कोठामा बस्दा पनि ‘सिजी स्मार्ट होम एप’ मार्फत सजिलै मोबाइलबाटै खाना पकाउन र त्यसको निगरानी गर्न सक्छन् । यसको आठ लिटरको भण्डारण क्षमता छ । त्यसैले मध्यम र ठूला नेपाली परिवारका लागि एकैपटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिन्छ ।

यसमा भएको ‘वाटर स्प्रे’ फङ्सनले खानालाई सुक्खा हुन दिँदैन । यसले परिकारलाई बाहिर कुरकुरे र भित्र रसिलो बनाउँछ । यस प्रविधिले स्वास्थ्यप्रति सजग व्यक्तिहरूका लागि न्यूनतम तेलको प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव प्रदान गर्दछ ।

झरी र ओसिलो मौसमको उत्तम सहयात्री

बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजा खान मन पराउनेहरूका लागि यसले केही मिनेटमै इच्छा पूरा गरिदिन्छ । यसमा २५ वटा स्वचालित मेनु राखिएका छन् । त्यसैले समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक जस्ता जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा सजिलै तयार पार्न सकिन्छ ।

साथै, खाना पाक्दै गरेको अवस्थालाई उपभोक्ताले बाहिरबाटै सजिलै नियाल्न सक्छन् । यसका भएको १ हजार ८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजमले तातो हावालाई तीव्र गतिमा प्रवाह गराउँछ । यसबाट खाना छिटो पाक्नुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित रहन्छ । यसमा भएको र्यापिड एयर फ्लो प्रविधिले खानालाई सबै दिशाबाट समान रूपमा पकाउँछ र यसको पौष्टिकता जोगाउँछ ।

सीजी मेरिडियाको यो स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सिजी डिजिटल र एलजी शपी), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन मार्फत सहजै खरिद गर्न सकिन्छ । साथै कम्पनीले ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग पनि सुनिश्चित गरेको छ ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।