काठमाडौँ । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यस १०३औँ शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए।
नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रालि ले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।”












प्रतिक्रिया