सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब १९ करोडको कारोबार


काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १.६४ अंक घटेर २७११.२२ विन्दुमा पुगेको हो ।

बुधबार कारोबारमा आएका ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयरहरू ४७ हजार ८४१ पटक किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।

बुधबारको कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबारको कारोबारमा फर्वाड लघुवित्तको सेयर मूल्य १३.७४ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा अपर लोहोरे खोला हाइड्रोपावर, एनआईसी एसिया ग्रोथ फण्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट फण्ड रहेका छन् ।

यता, भगवती हाइड्रोपावरको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, एनआइसी एसिया ब्यालेन्स फण्ड, मोदी इनर्जी र शिखर पावर धेरै सेयर मूल्य घट्नेको शीर्ष ५ मा रहेका छन् ।

बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा सोलु हाइड्रोपावर रहेको छ । सोलु हाइड्रोपावरको सेयर २२ करोड ११ लाख ५३ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स १६ करोड ७ लाख ८५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । नेश्नल हाइड्रोपावरको १४ करोड ८८ लाख २२ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, ङादी ग्रुप पावरको १२ करोड ४१ लाख १७ हजार रुपैयाँको कारोबार हुँदा अपर लोहोरे खोला हाइड्रोपावरको १० करोड २१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।