सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा पुगेको हो ।

बिहीबार कारोबारमा आएका ३३४ कम्पनीका ६६ लाख ८४ हजार ७ कित्ता सेयरहरू ४५ हजार ६५ पटक किनबेच हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से १.६४ अंकले घटेर २७११.२२ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबारको कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबारको कारोबारमा स्वाबलम्बन लघुवित्तको सेयर मूल्य १२.१९ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा सिर्जनशिल लघुवित्त, पियोर इनर्जी, त्रिशुली हाइड्रोपावर र हिमालयन फण्ड रहेका छन् ।

यता, फर्वाड लघुवित्त सेयर मूल्य करिब १३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, अपर लोहोरे खोला हाइड्रो बैंक, मेन्छियाम हाइड्रोपावर, शिखर पावर र नेपाल बैंक डेभेन्चर धेरै सेयर मूल्य घट्नेको शीर्ष ५ मा रहेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा एनआरएन इन्फ्राइस्टक्चर रहेको छ । एनआरएन इन्फ्राइस्टक्चरको सेयर १७ करोड ६८ लाख ३३ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको १४ करोड ३४ लाख ८३ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । रिलायन्स स्पिनिङ मिल्स १४ करोड १५ लाख ८४ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, सोलु हाइड्रोपावरको ८ करोड ५९ लाख ९१ हजार रुपैयाँको कारोबार हुँदा ङादी ग्रुप पावरको ८ करोड १५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।