काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा कायम भएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा शुक्रबार ३ अर्ब २८ करोडको सेयर किनबेच भएको हो ।
शुक्रबार कारोबारमा आएका ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयरहरू ५३ हजार १४ पटक किनबेच हुँदा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ अंकमा पुग्दा कारोबार रकम २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।
शुक्रबारको कारोबारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
शुक्रबारको कारोबारमा त्रिशुल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा होटल फरेष्ट इन, सूर्यकुण्ड आइड्रोपावर, एनआइसी एसिया ब्यासेन्स फण्ड र पियोर इनर्जी रहेका छन् ।
यता, स्वाबलम्बन लघुवित्तको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ । त्यस्तै, ग्लोबल आइएमई समुनत योजना, फर्वाड लघुवित्त, हिमालयन र आरबिबि फोकस धेरै सेयर मूल्य घट्नेको शीर्ष ५ मा रहेका छन् ।
शुक्रबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा होटल फरेष्ट इन रहेको छ । होटल फरेष्ट इनको सेयर १३ करोड ८६ लाख ९४ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख ६० हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । सोलु हाइड्रोपावर १२ करोड ३ लाख ११ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, ङादी ग्रुप पावरको ११ करोड ६३ लाख ६५ हजार रुपैयाँको कारोबार हुँदा रिडी पावरको १० करोड १५ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया