पेन्सन कोष र एनआरएनलाई पूँजी बजारमा समेट्ने सरकारको घाेषणा


काठमाडाैँ । सरकारले पूँजी बजारलाई थप सुदृढ बनाउने उद्देश्यसहित पेन्सन कोष, बीमा, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो व्यवस्था कार्यान्वयन गरिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ताको सहभागिता बढाएर पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिने उल्लेख छ । त्यस्तै, धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने र ऋण बजार तथा बन्ड बजारको विकासमार्फत दीर्घकालीन पूँजी निर्माणमा जोड दिइने पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।