भिजिट नेपाल २०८५’ घोषणा गर्दै पर्यटन पूर्वतयारी सुरु गर्ने सरकारको योजना


काठमाडाैँ । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । त्यसका लागि आगामी आर्थिक वर्षलाई पूर्वतयारी वर्षका रूपमा उपयोग गर्ने सरकारकाे तयारी छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गरिने बताएका हुन् । उनले यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्दै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयनमा जोड दिइने उल्लेख गरे ।

सरकारले पर्यटक भिसा प्रणालीलाई पूर्ण रूपमा अनलाइन बनाउने र अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने योजना पनि अघि सारेको छ । साथै, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारका लागि कूटनीतिक पहल गरिने सरकारकाे भनाइ छ ।

पर्या–पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्दै पर्यटन क्षेत्रलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।