सरकारको नीति तथा कार्यक्रमप्रति देखिएन लगानीकर्ताकाे विश्वास


काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा लगानीकर्ताहरु विश्वस्त देखिएका छैनन्र। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ ।

मंगलबार कारोबारमा आएका ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयरहरू ६२ हजार ५१२ पटक किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबारको कारोबारमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५१ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबारको कारोबारमा धौलागिरी लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीमा एसबिएल डेभेन्चर, एनआइबिएल समृद्धि फण्ड, एनआइसी एसिया फण्ड र एसबिआई डेभेन्चर रहेका छन् ।

यता, फष्ट माइक्रो फाइन्यान्सको सेयर मूल्य करिब १२.४० प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भ लघुवित्त र होटल फरेष्ट इन रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा नेश्नल हाइड्रोपावर रहेको छ । नेश्नल हाइड्रोपावरको सेयर १८ करोड ९९ लाख ४३ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ९ लाख ५७ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । रिडी पावरको १७ करोड ३० लाख ९५ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, शिभम् सिमेन्टको १५ करोड ८९ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा एसवाई प्यानलको १५ करोड ३३ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।