काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज एकै दिन सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । आज चाँदी तोलामा ३३० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५४०.४९ अमेरिकी डलर र चाँदी ७५.९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया