एजेन्सी करियर बबाल : सन नेपाल लाइफको एडीएम सम्मेलन सम्पन्न


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित एडीएम ग्रोथ समिट १.० सफलतापूर्वक सम्पन्न गरेको छ । जेठ २ र ३ गते आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा दीर्घकालीन करियर निर्माणका सम्भावनाबारे जानकारी र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरू उत्साहका साथ सहभागी भएका थिए ।

कार्यक्रममा प्रख्यात प्रशिक्षकहरू किशु झा र अजय रेग्मीले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा आधुनिक बीमा बजारका चुनौती र अवसरका विषयमा विशेष प्रशिक्षण दिएका थिए । उनीहरूको प्रस्तुति सहभागीहरूका लागि उपयोगी र प्रेरणादायी रहेको बताइएको छ ।

कार्यक्रमको अध्यक्षता कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयालले गरेका थिए भने प्रमुख बजार अधिकृत गणेश चौलागाईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा उनीहरूले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका अवसर, लक्ष्य प्राप्ति तथा व्यवसाय वृद्धिका रणनीतिबारे विस्तृत प्रस्तुति दिँदै सहभागीहरूलाई एजेन्सी पेशालाई सम्मानित, सम्भावनायुक्त र दीर्घकालीन करियरका रूपमा लिन प्रेरित गरेका थिए ।

यसैगरी कार्यक्रममा प्रमुख ग्राहक अनुभव तथा संरक्षण अधिकृत सचेत श्रेष्ठ, लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, लिड ट्रेनिङ अफिसर भुवन सिंह मगर तथा ब्रान्ड तथा सञ्चार प्रमुख सोमेश लाल जोशीले ग्राहक सम्बन्ध व्यवस्थापन, नेतृत्व विकास, ब्रान्ड निर्माण, भर्ती रणनीति तथा व्यवसाय प्रवर्द्धनका विविध पक्षमा प्रशिक्षण तथा अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा कम्पनीका विभिन्न प्रदेश प्रमुख तथा क्षेत्रीय प्रबन्धकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । कोशी प्रदेश प्रमुख तुल्सीनाथ पौड्याल, मधेश प्रदेश प्रमुख नवराज चौधरी, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटा, लुम्बिनी क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्री, राप्तीरभेरी क्षेत्रीय प्रबन्धक दिपेन्द्र रावत, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी कार्यक्रममा सहभागी रहेका थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि एजेन्सी संरचनालाई अझ सुदृढ, व्यवसायमुखी तथा प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन्, जसले बीमा सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।