ग्यालेक्सी एस २६ प्लसमा २३ हजार रुपैयाँ क्यासब्याक


काठमाडौं । सामसङ नेपालले प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस २६ प्लसमा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकहरूले खरिदमा उल्लेखनीय बचतसँगै सहज वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रिमियम तथा इमर्सिभ अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको ग्यालेक्सी एस २६ प्लसले उच्च प्रदर्शन, आरामदायी प्रयोग तथा नवीन प्रविधिको सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २६ प्लस सिरिजअन्तर्गतको प्रमुख मोडेलका रूपमा यसले प्रयोगकर्ताको बदलिँदो आवश्यकता पूरा गर्ने अपेक्षा गरिएको छ ।

यस योजना अन्तर्गत ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजारसम्मको इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन् । यससँगै यसको मूल्य १ लाख ८२ हजार ९९९ बाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यो अफर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

खरिदलाई अझ सहज बनाउन सामसङ नेपालले किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ग्राहकहरूले २४ महिनासम्मको सजिलो मासिक किस्तामा फोन खरिद गर्न सक्नेछन्, जसको किस्ता करिब ४ हजार ३ सय ४१ बाट सुरु हुने जनाइएको छ । आवश्यक कागजातका रूपमा नागरिकता प्रस्तुत गरेर यो सुविधा लिन सकिनेछ ।

सामसङ नेपालका अनुसार यो योजना प्रिमियम स्मार्टफोनलाई अझ सहज पहुँचमा ल्याउने तथा ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले ल्याइएको हो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।