काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न गठित समितिले प्राप्त आवेदनहरुमध्ये ४ जनालाई सिफारिस गरेको छ । ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समिति’ ले ४७ जनाको आवेदन परेकोमा ४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गर्दै अन्तरवार्ता तथा छलफलका लागि बोलाएको छ ।
समितिका अनुसार, धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक डा.नवराज अधिकारी, धितोपत्र बोर्डकै बहालवाला कार्यकारी निर्देशक विनयदेव आचार्य, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरु मुकुन्दकुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको नाम बोर्डको अध्यक्षको उमेद्वारहरुको संक्षिप्त सूचीमा समावेश गरेको हो । समितिले जेठ ८ गते शुक्रबार अर्थमन्त्रालयमा अन्तरवार्ता तथा छलफलका लागि दिउँसो १ बजेदेखि साढे २ बजेसम्म सिफारिस भएका ४ जनालाई बोलाएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत बैशाख १५ मा बोर्डको अध्यक्षका लागि एक साताको म्याद राखेर आवेदन माग गरेको थियो । बैशाख २१ गते कार्यालय समयसम्ममा समितिमा ४७ जनाले आवेदन दिएका थिए । जसमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर द्वय बम बहादुर मिश्र र चिन्तामणाी शिवाकोटीले आवेदन दिएका थिए ।
त्यसैगरी, राष्ट्र बैंकबाट पूर्व कार्यकारी निर्देशकहरु गोपाल भट्ट, मुकुन्द कुमार क्षेत्री, पिताम्बर भण्डारी तथा निर्देशकहरु राजेन्द्र पण्डित र पर्लाद गिरीसँगै लिला ढकाल र सुवाशचन्द्र घिमिरेले आवेदन दिएका थिए ।
त्यसैगरी, धितोपत्र बोर्डको पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी र कार्यकारी निर्देशक विनयदेव आचार्यसँगै नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादु कार्कीले पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए ।
आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक दीर्घराज मैनाली, सुरेस देवकोटा, डा. राकेश पोखरेल, सिडीएससीका पूर्व प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नेपाल बिमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईँ लगायतले पनि बोर्डको अध्यक्षमा आवेदन दिएका थिए ।
त्यसैगरी, पुरुषोत्तम चिमरिया ९शिवचन्द्र०, विपिन कडेल, बद्री गुरागाईं, बिनोद आचार्य, झवेन्द्र कार्की, प्रकाश अधिकारी, डा। केशव श्रेष्ठ, मुक्ति अर्याल, कृष्ण आचार्य, दीपक थापा, डिमप्रसाद पौडेल, सन्तोषनारायण श्रेष्ठ, प्रविण पाण्डे, नीरजन घिमिरे, बुद्धिसागर अमगाईंले समितिमा आवेदन दिएका थिए । तेजप्रसाद देवकोटा, खगेन्द्र सापकोटा, डा। मनोजकुमार शाही, कृष्णराज पोखरेल, हेमन्त बस्याल, डा। शंकरप्रसाद पाठक, डा। हरिकुमार सिलवाल, विकासराज पोखरेल, नारायण सापकोटा, देवप्रसाद दाहाल, रामदेव यादव, शिवराज अधिकारी र सूर्यप्रसाद अधिकारीले पनि बोर्डको अध्यक्ष पदमा आवेदन दिएका थिए ।
गत बैशाख ८ गते बसेको मन्त्री परिषदको बैंठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उपाध्यक्ष भट्टले पारीवारीक नाताभित्रका राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्टको आवेदन परेपछि संयोजक पदबाट राजिनामा दिएका थिए । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य छन् ।
उल्लेखित ४ जनामध्येबाट १ जनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।











प्रतिक्रिया