काठमाडौँ । भारतको टी बोर्ड अफ इन्डियाले चिया परीक्षणको व्यवस्था फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ।
भारतको नयाँ नितिका कारण विगत तीन सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा समस्या आएको थियो ।
‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षणको व्यवस्थालाई फिर्ता लिएको छ । जसले नेपाली चियाको निर्यात बुधबारदेखि पूर्ववत् रूपमै सञ्चालन भएको छ ।
यद्यपी, नेपालबाट चिया खरिद गरी आकर्षक प्याकेजिङ र ब्रान्डिङसहित तेस्रो मुलुकमा निर्यात गर्ने भारतीय व्यवसायीहरूको हकमा भने नियम कडा नै राखिएको छ ।










प्रतिक्रिया