काठमाडौँ। नेपालको नम्बर १ डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत मुख्य ‘२.२ एनिभर्सरी डे’ मा प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेको जनाएको छ ।
प्रयोगकर्तालाई आफ्नो पोइन्ट्सको अधिकतम मूल्य दिलाउने उद्देश्यसहित सञ्चालन भइरहेको यस विशेष अफरले देशभर उल्लेखनीय आकर्षण प्राप्त गर्दै फोनपोइन्ट्स इतिहासकै चर्चित पहलहरूमध्ये एकको रूपमा आफूलाई स्थापित गरिरहेको कम्पनीले जनाएको छ ।
‘२.२ डिल्स’ नाम दिइएको यो विशेष अफर प्रि २.२ डिल्स, मुख्य २.२ एनिभर्सरी डे तथा पोस्ट २.२ डिल्स गरी तीन चरणमा सञ्चालन भइरहेको छ ।
विशेषगरी मुख्य २.२ एनिभर्सरी डे मा प्रयोगकर्ताबाट उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ, जहाँ हजारौं प्रयोगकर्ताले केवल २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका थिए ।
फोनपोइन्ट्सका अनुसार, प्रयोगकर्ताको अत्यधिक उत्साह र सहभागिताका कारण केही समयमा प्लेटफर्ममा उच्च ट्राफिक समेत अनुभव गरिएको थियो, जसले ‘२.२’ प्रतिको अभूतपूर्व आकर्षण, विश्वास तथा लोकप्रियतालाई झल्काएको छ ।










प्रतिक्रिया