काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचकका गिरावट देखिए पनि कारोबार रकम भने बढेको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।
बिहीबार कारोबारमा आएका ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयरहरू ४४ हजार ७४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबारको कारोबारमा ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबारको कारोबारमा प्रभु बैंक डेभेन्चर एकाई मूल्य ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा बुङ्गल हाइड्रोपावर, लक्ष्मी बैंक डेभेन्चर, माछापुच्छ्रे बैंक डेभेन्चर र एभरेष्ट बैंक डेभेन्चर रहेका छन् ।
यता, अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य १४.९५ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा झापा इनर्जी, माउन्टेन हाइड्रोपावर, नबिल डेभेन्चर र सीटि होटल शीर्ष ५ मा रहेका छन् ।
बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ । आँखुखोला हाइड्रोपावरको सेयर १७ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार हुँदा रिडी पावर कम्पनीको १५ करोड ७ लाख ३९ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । बुङ्गल हाइड्रोपावरको १३ करोड ५९ लाख २० हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, एनआरएन इन्फ्राइस्टक्चरको १३ करोड ३९ लाख ८५ हजार रुपैयाँको कारोबार हुँदा फष्ट माइक्रोफाइन्यान्सकोे ११ करोड ७५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।










प्रतिक्रिया