काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा कायम भएको छ ।
शुक्रबार कारोबारमा आएका ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयरहरू ५४ हजार ४९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँ पुगेको थियो ।
शुक्रबारको कारोबारमा २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
शुक्रबारको कारोबारमा क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, धेरै सेयर मूल्य बढ्ने कम्पनीहरुको शीर्ष ५ मा माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर र सुपरखुदी हाइड्रोपावर रहेका छन् ।
यता, एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य २.५९ प्रतिशतले घटेको छ । त्यस्तै, धेरै घट्ने कम्पनीहरुमा ग्लोबल आइएमई समुनत योजना, एसबिएल डेभेन्चर, साििनमा बैंक डेभेन्चर र स्वाभिमान लघुवित्त शीर्ष ५ मा रहेका छन् ।
शुक्रबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रोपावर रहेको छ । आँखुखोला हाइड्रोपावरको सेयर ४३ करोड ९५ लाख ८६ हजार रुपैयाँको कारोबार हुँदा रिडी पावर कम्पनीको २४ करोड ५४ लाख ५५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । नेश्नल हाइड्रोपावरको १६ करोड १६ लाख १५ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, अपी पावरको १६ करोड १ लाख ५८ हजार रुपैयाँको कारोबार हुँदा बुङ्गल हाइड्रोपावरकोे १० करोड ४६ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।










प्रतिक्रिया