काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबादेखि शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५५ रुपैयाँले महँगिएको हो ।
महासंघका अनुसार आइतबार सुनको भाउ ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा झरेको थियो । सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ घटेको छ । बुधबार सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने तोलामा १ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै मूल्यमा बढोत्तरी आएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ३३० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँको कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार ११५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार एकैदिन चाँदी तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
बिहीबार तोलामा ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको चाँदी शुक्रबार तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।










प्रतिक्रिया