सरकारद्वारा आगामी आवका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण


काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिए ।

आगामी आवको लागि मोटो धानको प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।