लक्ष्मी सनराईज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्काशन सम्बन्धी व्यवस्थापन सम्झौता


काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग आईपिओ सम्बन्धी सम्झौता गरेको छ । जेनेसिस भेन्चर्सले २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको हो ।

लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतामा औपचारिक हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटले जेनेसिस भेन्चर्सको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ । साझेदारीले नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

जेनेसिस भेन्चर्स एक निजी बजार लगानी कम्पनी हो जुन सूचीकरण नभएका इक्विटी अवसरहरूमा लगानी केन्द्रित रहेको छ । उच्च–बृद्धि क्षेत्रहरू र दीर्घकालीन मूल्य सिर्जनालाई लक्षित गर्दै कम्पनीले बलियो आधारभूत र विस्तार सम्भावना भएका व्यवसायहरू पहिचान गर्ने र लगानी गर्ने लक्ष्य राखेको छ । प्रस्तावित आईपीओले कम्पनीको भविष्यको वृद्धि र रणनीतिक विस्तार पहलहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।