काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार आएको छ । बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको हो ।
कारोबारमा आएका ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयरहरू ६० हजार ५६२ पटक किनबेच हुँदा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको बजारमा बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १३.३७ प्रतिशतले बढेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेसको ८.५२ प्रतिशत, आँखु खोला हाइड्रोपावरको सेयर मूल्य ३.९३ प्रतिशत र माथिल्लो मैलुङ खोलाको सेयर मूल्य ३.५१ प्रतिशतले बढेको छ ।
यता,सानिमा डेभेन्चरको एकाई मूल्य ६.६४ प्रतिशतले घट्दा मञ्जुश्री फाइन्यान्स डेभेन्चरको एकाई मूल्य ६.२१ प्रतिशत, माछापुच्छ्रे बैंक डेभेन्चरको एकाई मूल्य ५.९१ प्रतिशत, सिर्जनशील लघुुवित्तको सेयर मूल्य ४.९३ प्रतिशत र प्राइम डेभेन्चरको एकाई ४.९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी ७१ करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रिडी पावर कम्पनीको ४३ करोड २७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । नेश्नल हाइड्रोपावरको ३२ करोड १५ लाख ३० हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।
चौथोमा अपी पावरको २० करोड ८५ लाख ९९ हजार रुपैयाँको कारोबार हुँदा ङादी पावर कम्पनीको १५ करोड ७० लाख १२ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४७ खर्ब ३६ अर्ब रुपैयाँ कायम भएको थियो ।










प्रतिक्रिया