काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा.हरि कुमार नेपालले बीमा क्षेत्रमा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र यसको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय गतिविधिबारे विस्तृत जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताए। साथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नियामकीय व्यवस्थालाई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।
कम्पनीका अनुसार उक्त प्रशिक्षणले वित्तीय अपराध न्यूनीकरण, वित्तीय पारदर्शिता तथा संस्थागत सुशासन सुदृढ बनाउन सहयोग पुगेको छ ।










प्रतिक्रिया