सीआईबीले हिमालयन री–इन्स्योरेन्सका सीईओ पौडेल सहित ५६ जनाको सेयर रोक्का गर्न धितोपत्र बोर्डलाई लेख्यो पत्र


काठमाडौं । धितोपत्र बजारमा रहेको लगानीको अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बोर्डलाई ५६ जनाको सेयर रोक्का गर्न आग्रह गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा ५६ जनाको कारोबार रोक्का राखी कारोबार विवरण उपलब्ध गराउन धितोपत्र बोर्डलाई पत्र पठाएको हो । धितोपत्र बोर्डको आफ्नै जाहेरीले वादी नेपाल सरकार र दिपक भट्टसमेत प्रतिवादी भएको मुद्दामा अनुसन्धानका लागि भन्दै विवरण माग गरिएको हो।

बिमा र वित्तीय क्षेत्रका हाइप्रोफाइलहरुको अनुसन्धानको घेरामा सीआईबीले धितोपत्र बोर्डको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालका स्थापित हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, मर्चेन्ट बैंकरका सञ्चालकको सेयर रोक्का गर्न पत्राचार गरेको हो ।

हिमालयन री–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमारको सेयर रोक्का गर्न पत्र लेखिएको छ ।

यस्तै, नेपाल माईक्रो इन्स्योरेन्सका सञ्चालक सदस्यहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल ९लगानी समिति अध्यक्ष० र सुजल मल्ल पनि सेयर रोक्काको सूचीमा छन् ।

गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालकहरू डा। जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी तथा लगानी समिति सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेल पनि यो सूचीमा छन् ।

यस्तै, हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक समिति तथा लगानी समितिका पदाधिकारीहरू विवेक कुमार शाह, लक्ष्मण ज्ञावली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के।सि। र दिगम्बर झा पनि उक्त सूचीमा छन् ।

यस्तै, अन्य वित्तीय संस्थाहरूका हिमालय सेक्युरिटी बैंकर लि।का सञ्चालकहरू सित्ताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भ लिका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका कपिल कुमार दाहाल (अध्यक्ष), राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीका साथै क्रेष्ट माईक्रो ईन्स्योरेन्सका विदुर पुरी र प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सकी कीर्तीका अग्रवाल एवं दिनेश सरिया समेत सूचीमा छन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार  ०७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।