सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग गर्न प्रोत्साहन गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने जानकारी दिए।
उनका अनुसार आर्थिक रूपमा सक्षम नागरिकलाई स्वेच्छिक रूपमा भत्ता त्याग्न प्रेरित गर्दै “सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ” भन्ने मूल नारासहित अभियान सञ्चालन गरिनेछ।
त्यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानका रूपमा सम्मान गरिने सरकारको योजना छ।
त्यसैगरी, देशभर वितरण भइरहेको बाल पोषण भत्ता दोब्बर गरी मासिक १ हजार रुपैयाँ पुर्याइएको पनि बजेटमार्फत घोषणा गरिएको छ।










प्रतिक्रिया