जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता दिइने


काठमाडौँ। सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जेनजी आन्दोलनका घाइतेको लागि निःशुल्क स्वास्थ्य उपचार घाइतेको अवस्था अनुसार, मासिक भत्ता उपलब्ध गर्ने बताएका हुन् ।

त्यस्तै, जेनजी घाइतेका लागि उद्यमशीलताका कार्यक्रम सञ्चलन गरिने मन्त्री वाग्लेले बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।