सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित फुटबलका १० वटा र क्रिकेटका ८ वटा आधुनिक रंगशाला निर्माण गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै ८ हजार दर्शक क्षमताका, फ्लडलाइटसहितका १० वटा आधुनिक फुटबल रंगशालाको स्तरोन्नति गरिने जानकारी दिए।
त्यस्तै, देशका प्रमुख ८ शहरमा आगामी पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने सरकारको योजना छ।
यसैगरी विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्ला क्षेत्रमा कम्तीमा दुई हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्न बजेट विनियोजन गरिएको छ।
मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र फाप्ला क्रिकेट मैदानको निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने पनि बजेटमा उल्लेख छ।
त्यस्तै, खेलकुदमा विशेष रुचि भएका विद्यार्थीलाई प्रारम्भिक तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने भएको छ।










प्रतिक्रिया