काठमाडौँ । नेपाली बजारमा यो साता सुनचाँदीको मूल्यमा उत्तरचढाव देखिएको छ । साताभरमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबादेखि शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले महँगिएको हो ।
महासंघका अनुसार आइतबार सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ९०० रुपैयाँमा झरेको थियो ।
सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार तोलामा १ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता, मंगलबार पुनः सुनको भाउ ओरालो लागेको छ । मंगलबार सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार पनि सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा सुन किनबेच भएको थियो । बिहीबार भने एकैदिन सुन तोलामा ५ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने एकैदिन सुन तोला ५ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
यो साता चाँदीको मूल्यमा उत्तरचढाव कायमसँगै मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँको कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार ४० रुपैयाँ पुगेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एकैदिन २१५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।










प्रतिक्रिया