यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा


काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालि ले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३ सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा ट्रेनिङ एकेडेमीको छातामुनि रहेर आयोजना गरिएको यस प्रतियोगिताले अग्रपंक्तिमा रहेर कार्यरत जनशक्तिको सीप अभिवृद्धि, उत्कृष्टताको सम्मान तथा भविष्यका लागि अझ सशक्त सेल्स टिम निर्माण गर्ने उद्देश्य राखेको थियो।

बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्ज गरी पाँच प्रमुख शहरमा आयोजना गरिएको थियो, जसले मेचीदेखि महाकालीसम्मका प्रमुख व्यापारिक क्षेत्र समेटेको थियो। त्यसैगरी, सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न गरिएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।

सेल्स स्किल प्रतियोगितामा विजयी हुन सफल बी एण्ड बी अटो ट्रेडर्स प्रालि, विराटचोकका चूडामणि आचार्य (विनर), भिएडब्लु इन्टरप्राइजेज प्रालि, पोखराका समुन्द्र पंगेनी (फर्स्ट रनर अप) तथा डी एण्ड डी अटोलिङ्क प्रालिे, सीतापाइलाका अनिश महर्जन (सेकेन्ड रनर अप) लाई सम्मानित गरिएको थियो। त्यसैगरी, सर्भिस स्किल प्रतियोगितामा मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा (विनर), ऋषिक अटोमोबाइल्स, कुमारीपाटीका निरोज श्रेष्ठ (फर्स्ट रनर अप) तथा क्रेशभ कमर्सियल, दमकका दिपन सरकार (सेकेन्ड रनर अप) विजेता बनेका थिए। उनीहरूले आफ्ना प्रतिस्पर्धीहरूमाझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्। सबै विजेताहरूले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, सर्भिस स्किल प्रतियोगिताका विजेताहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा सहभागिता जनाउने अवसर समेत प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।