इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन


काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो ।

यस क्याम्पेनमार्फत काठमाडौंका शहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सुविधाबारे, जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । इनड्राइभको प्लेटफर्ममा चालकहरूले यात्रुद्वारा प्रस्तावित भाडालाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने विशेष व्यवस्था रहेको छ । यही अवधारणालाई स्थानीय परिवेश र युवापुस्ताको दैनिक अनुभवसँग जोड्दै सिर्जनात्मक तथा सान्दर्भिक ढंगले प्रस्तुत गरिएको थियोे, जसले दर्शकमाझ उच्च स्तरको सम्बन्ध र संलग्नता सिर्जना गर्न सफल भएको देखिन्छ ।

‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको उक्त क्याम्पेनले यात्रु र चालक दुवैलाई थप स्वतन्त्रता, पारदर्शिता तथा लचकता प्रदान गर्ने इनड्राइभको विशिष्ट सेवामोडेललाई उजागर गरेको थियो । क्याम्पेनमार्फत यात्रुले एपमार्फत आफ्नो रोजाइअनुसार भाडा प्रस्ताव गर्न सक्ने तथा चालकले उपयुक्त प्रतिप्रस्ताव गर्न सक्ने सुविधाबारे जानकारी दिइएको थियो । दुवै पक्षबीच आपसी सहमतिपछि अन्तिम भाडा निर्धारण हुने यस प्रणालीले निष्पक्ष तथा प्रयोगकर्ता–केन्द्रित यात्राको अनुभव प्रदान गर्ने सन्देश क्याम्पेनले प्रवाह गरेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।