काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको हो । आज नेप्से परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ ।
सोमबार ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ५ अर्ब २६ करोड रुपैयाँको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार कारोबारमा आएका ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयरहरू ६१ हजार ५२७ पटक किनबेच हुँदा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से २६.८२ अंकले घटेर २७५५.३७ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको बजारमा सेन्ट्रल फाइन्यान्सको सेयर मूल्य १३.६७ प्रतिशतले बढेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेसको १०.५७ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ९.४४ प्रतिशत र गुरास फाइन्यान्सको सेयर मूल्य ९.२६ प्रतिशतले बढेको छ ।
यता, नबिल डेभेन्चरको एकाई मूल्य ४.५९ प्रतिशतले घट्दा बुङ्गल हाइड्रोपावरको सेयर मूल्य ४.४९ प्रतिशत, झापा इनर्जीको सेयर मूल्य ४.१९ प्रतिशत, आत्मनिर्भर लघुुवित्तको सेयर मूल्य ३.०१ प्रतिशत र बोटलर्स नेपालको सेयर मूल्य २.९७ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा नेपाल रिइयन्स्योरेन्स कम्पनीको २६ करोड ७८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । रिडी पावर कम्पनीको २६ करोड ५ लाख ९ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।
चौथोमा सेन्ट्रल फाइन्यान्सको २२ करोड २९ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३५ लाख ५१ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।










प्रतिक्रिया