सामान्य अंकले बढ्यो नेप्से


काठमाडौँ । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको हो ।

बुधबार कारोबारमा आएका ३४७ कम्पनीका १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयरहरू ६२ हजार १४८ पटक किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार कालिञ्चोक हाइइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको बजारमा एसबिएल डेभेन्चरको सेयर मूल्य १४.९३ प्रतिशतले बढेको छ । विजय लघुवित्त वित्तिय संस्थाको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोको सेयर मूल्य ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ६.१७ प्रतिशतले बढेको छ ।

यता, नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ५.१८ प्रतिशतले घट्दा एनबिबिएल डेभेन्चरको सेयर मूल्य ३.५६ प्रतिशत, सेन्ट्रल फाइन्यान्सको सेयर मूल्य ३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ३.३९ प्रतिशत र त्रिशुली जलविद्युतको सेयर मूल्य ३.३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी ४४ करोड २३ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा नेपाल रिइयन्स्योरेन्स कम्पनीको २१ करोड ८५ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । रिडी पावर कम्पनीको २० करोड ४९ लाख ४६ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।
चौथोमा नेपाल इन्स्योरेन्स कम्पननीको १५ करोड १७ लाख २५ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको १२ करोड ८२ लाख १७ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।

बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४७ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।