काठमाडौँ । विश्व फुटबलको महाकुम्भ नजिकिँदै गर्दा टिसिएलले नेपाली ग्राहकका लागि विशेष ‘आर यू रेडी फर ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ। विश्वकपको रोमाञ्चक अनुभवलाई अझ जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यसहित ल्याइएको यस योजनामा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज किस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
योजना अन्तर्गत टिसिएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकहरूलाई थप विश्वस्त सेवा प्रदान गर्न २ं२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराइएको छ।
टिसिएलका अत्याधुनिक टेलिभिजनमा उपलब्ध उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम तस्बिर गुणस्तर, शक्तिशाली ध्वनि प्रणाली तथा स्मार्ट सुविधाले विश्वकपका हरेक क्षणलाई अझ रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ। कम्पनीका अनुसार यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियमजस्तै मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै नागरिकता मात्रको आधारमा सहज किस्ता सुविधा समेत उपलब्ध गराइएको छ, जसले प्रिमियम टेलिभिजन खरिदलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभर रहेका आधिकारिक सिजी इलेक्ट्रोनिक्स शोरुम तथा विक्रेता नेटवर्कमार्फत लागू हुने कम्पनीले जनाएको छ।
नेपालमा टिसिएलका टेलिभिजन, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सर लगायतका उत्पादनहरू सिजी इलेक्ट्रोनिक्समार्फत आधिकारिक रूपमा वितरण हुँदै आएका छन्। आधुनिक प्रविधि, गुणस्तरीय कार्यसम्पादन तथा विश्वसनीय सेवाका कारण टिसिएल नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।












प्रतिक्रिया