काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा कायम भएको छ । यो साताको दुई कारोबारमा घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको हो ।
बुधबार कारोबारमा आएका ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयरहरू ४९ हजार २४८ पटक किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा पुग्दा कारोबार रकम ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार कालिञ्चोक हाइइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १०.८७ प्रतिशतले बढेको छ । बुङ्गल हाइड्रोपावरको सेयर मूल्य ६.८० प्रतिशतले बढेको छ ।
यता, प्रभु बैंक डेभेन्चरको एकाई मूल्य ८.७१ प्रतिशतले घट्दा उपकार लघुवित्तको सेयर मूल्य ८.३४ प्रतिशत, अपर लोहोरे खोला हाइड्रोपारको ६.७५ प्रतिशत, महालक्ष्मी डेभेन्चरको ४.२८ प्रतिशतले र एनआईएमबी डेभेन्चररको एकाई मूल्य ३.५७ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनीको २८ करोड ४१ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । सिटी होटलको १६ करोड ४१ लाख ४९ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।
चौथोमा अपर हेवाखोला जलविद्युत कम्पनीको १४ करोड ४२ लाख ६२ हजार रुपैयाँको कारोबार हुँदा सेन्ट्रल फाइन्यान्सको ११ करोड ८२ लाख ७२ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४६ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया