काठमाडौँ । बिहीबार सेयर बजार परिसुचक (नेप्से) ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा कायम भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको हो ।
बिहीबार कारोबारमा आएका ३५० कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयरहरू ५८ हजार ३९१ पटक किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार सोपान फर्मास्युटिकल्स र एपोलो हाइइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा बोटलर्स नेपालको सेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ५.३३ प्रतिशतले बढेको छ ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.५१ प्रतिशतले घट्दा प्रभु बैंक डेभेन्चरको एकाई मूल्य ५.८० प्रतिशत, आरबिबिएल डेभेन्चरको ४.९६ प्रतिशत, रवा इनर्जीको ४.३७ प्रतिशतले र रिलायन्स फाइन्यान्सको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सिटी होटलको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा सेन्ट्रल फाइन्यान्सको १७ करोड ५६ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ ।
बुङ्गल हाइड्रोपावरको १६ करोड ४५ लाख ८ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा पिपुल्स हाइड्रोपावरको १५ करोड ९० लाख ४८ हजार रुपैयाँको कारोबार हुँदा आँखु खोला जलविद्युत कम्पनीको १५ करोड ५८ लाख ७४ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।










प्रतिक्रिया