राष्ट्रियसभामा अर्थमन्त्रीद्वारा बजेटमाथिको छलफल प्रस्ताव प्रस्तुत


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ २९ र असार १ गतेको समय तोकेका छन् । छलफलपश्चात् अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।