सात बैंकले घटाए व्याजदर, असारमा कुन बैंकले कति दिन्छन् ?


काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरुको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् ।

असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एभरेष्ट, हिमालयन, एनआईसी एसिया, एनएमबि, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् ।

असारका लागि ब्याजदर घटाएर लक्ष्मी सनराइजले ४ प्रतिशत, एभरेष्टले ३.५० प्रतिशत, हिमालयनले ४ प्रतिशत, एनआईसी एसियाले ४ प्रतिशत, एनएमबिले एनएमबि ४.७५ प्रतिशत, प्राइम कमर्सियलले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.९५ प्रतिशत कायम गरेका छन् ।

जेठमा लक्ष्मी सनराइजले ४.५० प्रतिशत, एभरेष्ट, हिमालयनले ४.०५ प्रतिशत, एनआईसी एसियाले ४.५० प्रतिशत, एनएमबिले ४.८० प्रतिशत, प्राइम कमर्सियलले ४.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ५ प्रतिशत दिएका थिए ।

यसैगरी कृषि विकास, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, प्रभु, सिजिन्स र नेपाल इन्भेस्टमेन्ट मेगा, नविल, नेपाल एसबीआईले ब्याजदर स्थिर राखेका छन् ।

जेठकै ब्याजदरलाई असारमा कायम गर्दै कृषि विकासले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रेले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, सानिमाले ४.५० प्रतिशत, सिद्धार्थले ४.०५ प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, सिजिन्सले ४.१० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत नविलले ४.५५ र नेपाल एसबीआईले ४.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।