काठमाडौँ । सिजी इलेक्ट्रोनिक्सले ‘एक्सपेरियन्स लाइफ विथ सिजीः भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानअन्तर्गत सञ्चालन गरिएको नयाँ वर्ष उपहार योजनाको विजेता घोषणा गरेको छ।
कम्पनीका अनुसार ‘सेट अफ ५ प्रोडक्ट्स’ उपहार योजनाको विजेता झापा भद्रपुरका रणधीर गुप्ता बनेका छन्। उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर योजनामा सहभागिता जनाएका थिए।
हालै आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधिले विजेता गुप्तालाई आकर्षक उपहार हस्तान्तरण गरेका थिए। उपहार प्राप्त गरेपछि गुप्ताले सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्।
सिजी इलेक्ट्रोनिक्सले साना घरायसी उपकरणसहित विभिन्न विद्युतीय सामग्री देशभरका आफ्ना आधिकारिक बिक्री केन्द्र, आधुनिक शोरुम तथा अनलाइन माध्यमबाट उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले देशभर रहेका सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको छ।










प्रतिक्रिया