मधेस प्रदेशको ४१ अर्ब १३ करोडको बजेट, पूर्वाधार र कृषिमा विशेष जोड


काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ । सोमबार मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराइले सो बजेट मधेस प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार (३५.६४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार (६४.३६ प्रतिशत) बजेट छुट्याइएको छ । पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।