गण्डकी प्रदेशले ल्यायो ३२ अर्बको बजेट


काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सरकारको आयरव्ययको (अनुमान) विवरण प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब २ करोड बढी बजेट ल्याएको हो । चालु आवमा सरकारले ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट ल्याएको थियो ।

जसमा चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात् ६०.६८ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड विनियाजन गरेको छ ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  १८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।