चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन


काठमाडौँ । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३.०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४.०३ प्रतिशत अर्थात् नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४.७३ प्रतिशत अर्थात् ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा भने लक्ष्यको ४२.८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।